×

बंगालको खाडीमा चक्रवात 'मोन्था' सक्रिय, भारतका विभिन्न राज्यमा सतर्क रहन चेतावनी

images

काठमाडौँ । भारतीय मौसम विभागले चक्रवात मोन्था तीव्र गतिमा फैलिने बताएको छ ।

मोन्था हाल बंगालको खाडीमा सक्रिय रहेको छ । यसले भारतको तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्ने र चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको हुनाले, आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ ।'

विज्ञप्ति अनुसार, त्यतिबेला हावाको गति ९०-१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्ने उल्लेख छ ।

मौसम विभागले चक्रवात 'मोन्था' को प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ ।

चक्रवातलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई चक्रवात 'मोन्था' को सम्भावित प्रभावलाई ध्यानमा राख्दै राहत र सहायता कार्यका लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिइएको छ ।

मङ्गलबार १२ कात्तिक २०८२ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया