×

नेप्सेमा दोहोरो अंकको गिरावट

images

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको हो । आज नेप्से १७.३८ अंकले घटेर एक हजार ९ सय ४१ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९३.८० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५३.३० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आइतबार​ १४ जेठ २०८० ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया