‘
काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने जानकारी दिएकी छन्।
मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपालका प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।
नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बिस्तारमा ढिला हुने उनको भनाई छ ।
त्यस्तै राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले, प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी दिइन।
प्रतिक्रिया