जसपाले भोलि संदीय दलको नेता चयन गर्ने

    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

    निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ ।


    यस्तै १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्‍म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्‍म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २ः३० बजेसम्‍म उम्‍मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    त्यसपछि २ः३० बजेदेखि ३ः३०सम्‍म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।


    प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भए भने संघीय परिषद अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् । यद्यपि संसदीय दलको नेता को चयन हुन्छ टुंगो नभएको नेताहरुले बताएका छन् ।

      मङ्गलबार १२ पुस २०७९ ०३:१० PM मा प्रकाशित

      प्रतिक्रिया