काठमाण्डौँ। मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित भएका छन्।
संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निम्बित गरिएको संसद सचिवालयले जनाएको छ।
‘भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्था अनुसार उनलाई पुस ८ गतेबाट निलम्बन गरिएको सचिवालयले जनाएको छ।
प्रतिक्रिया