काठमाण्डौँ। नेकपा (एमाले)का नेता सूर्य थापाले शेरबहादुर देउवाप्रति व्याङ्य गर्दै चितवनको गैंडालाई काउकुती लागे पनि उनलाई न लाग्ने बताएका छन्।
प्युठानबाट निर्वाचित सांसदसमेत रहेका थापाले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले काँग्रेसलाई सरकार गठनको लागि गरेको प्रस्तावको वेवास्ता गरेको बताए।
‘मैले त पहिलैदेखि पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुपर्छ भनेको हो,’ नेता थापाले भने,‘तर, शेरबहादुर देउवाले त्यो प्रस्तावको वेवास्ता गर्नु भयो, बरु चितवनको गैंडालाई काउकुती लागेको होला तर हाम्रो कुराले देउवालाई काउकुती लागेन।’
उनले पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने पर्ने चाहना भए पनि काँग्रेसको कारण नयाँ समिकरण गर्न बाध्य भएको बताए।
प्रतिक्रिया