×

माओवादीले कांग्रेसलाई मुर्गा बनाएको होईन, प्रचण्ड प्रधानमन्त्री बनेपछि जनतामा उत्साह छः दिनानाथ शर्मा

images

काठमाण्डौँ।  नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफूहरुले नेपाली कांग्रेसलाई मुर्गा नबनाएको स्पष्ट पारेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘हामी मओादीले कांग्रेसलाई मुर्गा बनाएको होईन । हामी त राम्रो बनाउन आएका हौं । कांग्रेसलाई ठूलो पार्टी बनाएका हौं । शक्तिशाली बनाऔं ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउने दाबी गरे । उनले भने,‘मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउँछ । विगतजस्तो महिनौं दिन लागेन । हिजै ८ सदस्यीय मन्त्रिमण्डल बन्यो । हिजै मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो । सुशासन र सेवा प्रवाहमा केन्द्रित गर्ने भनेर निर्णय गरेको छ । जनताको समस्या समाधान गर्ने कुरा गरेको छ । प्रचण्डको लागि यो दुई वर्ष छ, यो युग बदल्न र बेथिति अन्त्य गर्नको लागि अवसर छ । हिजो सरकार बन्दै गर्दा सेयर मार्केटमा नयाँ उत्साह छ । जनतामा नयाँ विश्वास र आशा पैदा भएको छ । यो सरकारले जनताको अपेक्षा पूरा गर्ने संकल्प गरेर आएको छ ।’

उनले एमाले र माओवादी मिलेर नै घि बढ्ने सुनाए । उनले भने,‘कम्युनिष्टहरुबीच आपसमा फुट्ने र मिल्ने काम भएको छ । अब सहकार्य गरेर जानुपर्छ । यो अहिलेको जनादेशको मर्म पनि हो ।’ उनले ओली र प्रचण्डको तिक्ततालाई भुल्ने कुरा गरे । उनले भने,‘म हिजो फर्किएर अब कसैलाई आरोपित गर्ने पक्षमा छैन् । हिजोलाई बिर्सिऔं । हिजोको आत्मसमिक्षा जरुरी छ । तर, सकारात्मक रुपमा गर्नुपर्छ ।’

मङ्गलबार १२ पुस २०७९ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया