×

एएफसी कपमा अल नासरको अर्को जित

images

काठमाडौँ । एएफसी कप अन्तर्गतको खेलमा अल नासरले ताजकिस्तानको क्लब एफसी इस्तिकलोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले इस्तिकलोललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान, साडियो माने र आयम्यान याहयाले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासर अर्को चरणका लागि छनौट भएको छ । यो जितपछि समुह डी मा रहेको अल नासरको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एफसी इस्तिकलोलको ५ खेलमा ५ अंक रहेको छ ।

 

बिहीबार १२ मंसिर २०८२ ०९:०४ AM मा प्रकाशित

प्रतिक्रिया