×

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

images

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

१० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश रहेको छ।नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


 

आइतबार​ ११ मंसिर २०७९ १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया