×

टी ट्वाटी क्रिकेट : नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

images


काठमाडौँ, १० कात्तिक : त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनल खेलमा नेपालले टस हारेको छ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भएको टसमा युएईका कप्तान मुहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै अब नेपाललले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउका साथ मैदानमा उत्रँदैछ । यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

    त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो । नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो । 

    नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी छन् । 

शुक्रबार​ १० कात्तिक २०८० ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया