 
                        काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा खेलको ३९औं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि आर्सनलले महत्वपूर्ण तीन अंक हासिल गर्दै प्रिमियर लिगमा आफ्नो अग्रता कायम राखेको छ । आर्सनलको ९ खेलमा २२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको ९ खेलमा १३ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
त्यसैगरी बोर्नमाउथले नोट्टीङघम प्यालेसलाई २-० ले पराजित गर्दै लिगमा दोस्रो स्थानमा उक्लिएको छ । बोर्नमाउथको ९ खेलमा १८ अंक भएको छ ।
प्रतिक्रिया