×

आँबुखैरेनी- मुग्लिन सडक आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने

images

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी- मुग्लिन सडक खण्ड आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने भएको छ ।

सो सडकको आँबुखैरेनी गाउँपालिका- ४ सांखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको सेइस्मिक रेसिस्टिभिटी टेस्ट गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 

सोमबार ११ कात्तिक २०८२ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया