×

भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान

images

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको छ । नातामा ज्वाई पर्नेलाई छोरा बनाएर नागरिकता जारी भएको गोप्य रहस्य बाहिरिएको हो । 

स्थानीय महाराजगन्ज नगरपालिका-३ वरगदीका राधेश्याम बरई विरुद्ध झुठो विवरण पेश गरी भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको उजुरी परेपछि यस्तो खुलासा भएको हो । उजुरी प्राप्त हुना साथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानविन तथा अनुसन्धान कार्य सुरु गरी सकेको छ ।  

आरोपी वरईले आफ्नी जेठी छोरीका पति भारतमा धरमविर भनिनेलाई आफ्नो छोरा बनाएर रामकुमार बरईको नामबाट नागरिकता बनाएको उजुरीमा उल्लेख गरिएको छ । 

नागरिकता प्राप्त रामकुमार बरई भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईको छोरा धरमविर बरई हुन् । उनलाई आफ्नो छोरा बनाएर राधेश्याम बरईले नागरिकता दिलाएका छन्।  उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम काज गर्दै आएका छन् । 

आइतबार​ १० भदौ २०८० ०६:०५ PM मा प्रकाशित

प्रतिक्रिया