×

सरिता लामा’को अध्यक्षता तामाङ रिमठीम पर्यटन संजाल’को नयाँ नेतृत्व चयन

images

काठमाडौं। तामाङ समुदायका पर्यटन व्यवसायी र पर्यटन पेशाकर्मीहरुको संस्था ‘तामाङ रिमठीम पर्यटन संजाल’को दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

ठमेल स्थित काठमाण्डौ गार्डेन होम होटेलमा भएको साधारण सभाले अध्यक्ष सरिता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह–कोषाध्यक्ष बिश्वराज तामाङ सहित 17 सदस्सिय कार्यसमिति चयन गरेको छ. 

संजालको उक्त साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०/०८१ को लागि कार्ययोजनासमेत पारित गरेको छ.। 

साधारण सभाको अवसारमा किर्तिमानी आरोही स्व शम्भु तामाङको नाममा स्थापित 'शम्भु तामाङ एडभेन्चर अवार्ड', एक जना उत्कृष्ट शाहसिक पर्यटनको प्रतिभालाई पुरस्कृत गर्ने घोषणा गर्दै यो वर्ष उक्त अवार्ड १३  पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही सन्दुक दोर्जी तामाङलाई प्रदान गरेको थियो ।

साथै सस्थाले तामाङ्ग समुदायका सामाजिक क्षेत्र मा योगदान दिने र व्यवसायिक विशिस्टता बोकेको व्यवसायी हरु पनि सम्मानित हुनु भएको थियो। 

 

नेपालको छुम भ्याली मानास्लु क्षेत्र बारे स्पेनको क्याटालान भाषामा पुस्तकका लेखक Enric Alcayde Carbonell लाई पनि सम्मान गरेको थियो। सो सम्मान कार्यक्रम चुन नुब्री गाउँपालिकाअध्यक्ष निमा लामा र  ‘तामाङ रिमठीम पर्यटन संजाल’को सयुक्त रुपमा भएको थियो। 

आइतबार​ १० भदौ २०८० १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया