×

भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी विरुद्ध प्रहरीमा उजुरी दर्ता

images

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय पदार्थ उत्पादक कम्पनीविरुद्ध विज्ञापनको विषयलाई लिएर प्रहरीमा उजुरी दर्ता भएको छ ।

प्रहरीका अनुसार उजुरीमा सिद्दीकीको नयाँ विज्ञापनले बंगाली समुदायका मानिसहरुलाई खिल्ली उडाएको उल्लेख गरिएको छ । जसले बंगाली समुदायका मानिसको भावनामा चोट पुर्‍याएको बताइएको छ ।

उजुरीमा, कलकत्ता उच्च अदालतका वकिल दिब्यान बनर्जीले सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय कम्पनी ९सफ्ट ड्रिंक० विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । अहिले मानिसहरुको गुनासो र व्यापक विरोध पछि, कम्पनीले सबै प्लेटफर्मबाट विज्ञापन हटाएको छ ।

विज्ञापनको भिडियोमा सिद्दीकी बंगाली भाषामा एउटा जोक गरेर हासेका छन् । त्यसमा ‘बंगालीलाई सजिलै केही नपाउँदा ऊ भोकै सुत्छ’ र ‘सिधा औलाले ध्यू आएन भने औंला बङ्गाउनु पर्छ’ भन्ने संवादलाई लिएर विवाद चर्किएको हो ।

वकिल दिव्यानले हिन्दी भाषमा यो विज्ञापन आपत्तिजनक नभएकोले आफूलाई कुनै समस्या नभएको तर विज्ञापनको बंगाली भाषामा भने नराम्रो अर्थ लाग्ने बताएका छन् ।

उनले यस विज्ञापनलाई धारा ६६ब् र आईपीसीको धारा १५३ब् अन्तर्गत मुद्दा लाग्ने बताएका छन् । दिव्यानले आगामी दिनमा यस्ता सानातिना गतिविधिलाई प्रोत्साहन गर्न नहुने भन्दै उजुरी दिएका हुन् ।

प्रहरीमा उजुरी र व्यापक विरोध भएपछि उक्त विज्ञापन टिभी र सामाजिक सञ्जालबाट हटाउनुपरेको थियो । ट्विटरमार्फत पेय पदार्थ कम्पनीले बंगाली नागरिकहरुसँग माफी समेत मागेको छ। एजेन्सी

बिहीबार १४ बैशाख २०८० ०४:५५ PM मा प्रकाशित

प्रतिक्रिया