×

मुक्तक 

images

१.
कसैको अति उत्तम हुन्छ,कसैको छुस्कर बानी हुन्छ 
धेरै गल्ती अन्जानमा हुन्छ,कति त जानाजानी हुन्छ 
छिमेकीको घरमा आगो झोसेर तिघ्रा नठटाउ तिमी,
हावाले गति बदलियो भने तिम्रो घर’नि खरानी हुन्छ ।
२.
उडेर आकाश छुनेको पनि भुईंमा टेक्ने खुट्टै हुन्छ 
यो सत्यतालाई मनन नगर्नेको सधैं बुद्धि ठुट्टै हुन्छ
माहुरीको घार उधिनेर,झिंगाको पछि नलाग्नुस धेरै
रछानमा झिंगा भन्के पनि, माहुरीको महत्व छुट्टै हुन्छ ।
३.
ठग्नेको आदतै खराब,उचित रेट कहिले भन्दैन
भन्दैन खै किन कुन्नि,आहा भयो भेट कहिले भन्दैन
आफु अन्जान बनेर जति नै रगत चुसाए पनि,
जुकाले म अघाएंँ टन्न,भरियो पेट कहिले भन्दैन ।
४.
जुवाडको आदतै खराव,जुवाकै खालमा झुम्न रमाउँछ
मिहेनतिको पौरख ठूलो,उसले सफलता चुम्न रमाउँछ
फरक हुन्छन् तिनका स्वभाव फरक हुन्छन् सोच पनि
स्याल सधैं झुण्डमा अनि शेर एक्लै घुम्न रमाउँछ ।
                              
 

शुक्रबार​ १३ माघ २०७९ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया