काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाराले भारतीय नागरिकको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी हत्याका आरोपी एक जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको सेखवनाका प्रमोद राम रहेका छन् ।
शुक्रवार बाराको महागढीमाई नगरपालिका २ मा गोली हानी हत्या गरिएका भारतीय नागरिक शिवपुजन राय यादवको हत्यामा उनको संलग्नता पाएपछि जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो । भारतमा हत्या, लुटपाट जस्ता घटनामा रामको सहभागिता रहेको प्रहरीले जनाएको छ । बारामा हत्या गरिएका यादव पनि भारतको कुख्यात अपराधी भएको र नेपालमा लुकीछिपी बसेको अवस्थामा उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया