×

सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकाले गृह मन्त्रालय रोजेको हुँः रवि लामिछाने

images

काठमाडौँ। नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएको बताएका छन् ।


सोमबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले उक्त मन्त्रालय रोजेको बताएका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृहमन्त्रालयका बारेमा गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो । 

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका मन्त्री लामिछानेले आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने बताए । उनले भने, स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।

सोमबार ११ पुस २०७९ ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया