×

कवि साकार र पराजुली सम्मानित हुने

images

नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ । 
यसै गरी वि.सं.२०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि रु ११,१११।– रहेको छ । साहित्यकारद्वय चेतनाथ कण्ेल ‘हरित’ र श्रीमती सीता कँडेलले ले आप्mनो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छु, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरिएको जानकारी महासचिव देविका तिमिल्सिनाले गराएका छन् ।

सोमबार ११ पुस २०७९ ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया