×

थप ३ सय २४ जनाका काेराेना पुष्टि

images

 पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा तीन सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएकाे छ । यही अवधिमा चार सय १८ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन हजार नौ सय ४३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार नौ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

शुक्रबार​ १० भदौ २०७९ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया