×

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

images

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्ने ३८ वर्षीय शान्त कुमार देवान रहेका छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालि काँडाघारीबाट पक्राउ गरेको हो । 

उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्राएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीको दाबी छ । 

पक्राउ परेका देवानलाई थप अनुसन्धान तथा कारबाहीको लागिस वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

शुक्रबार​ १० भदौ २०७९ ०४:३५ PM मा प्रकाशित

प्रतिक्रिया