×

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पदमा बहाल रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएकोले सोही बमोजिमको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।

उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए ।

सोमबार ११ असार २०८० ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया