×

काठमाडौं महानगरसंस्थागत बहाल करमा कडाइ गर्दै ; राजश्व विभाग

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भ्एको छ  । विगतमा संघीय सरकार अन्तर्गतको आन्तरिक राजस्व

कार्यालयले उठाउँदै आएको यो कर महानगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्र पर्ने भन्दै अब कडाइका साथ उठाउने बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जेठ २०७८ मा व्यापारिक संघसंस्थाले उठाउने बहालमा लाग्ने करसमेत स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने भन्दै

सचिवस्तरीय निर्णय गरेर अर्थ मन्त्रालयमा पत्र पठाएको थियो तर त्यसको कार्यान्वयन नभएकाले अब महानगरपालिका आफैंले कडाइका साथ संस्थागत बहाल कर उठाउने

काठमाडौं महानगरपालिकाका राजश्व विभाग प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।

काफ्लेका अनुसार काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र पर्ने सबै करदाताले बहाल कर महानगरलाई नै बुझाउनुपर्छ ।गत  बुधबार महानगरको राजश्व विभागले

करदातालाई निर्देशन जारी गर्दै भनेको छ, ‘संवैधानिक तथा कानुनी व्यवस्था अनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तहको मात्र अधिकारमा छ

शुक्रबार​ १२ जेठ २०८० १०:१९ AM मा प्रकाशित

प्रतिक्रिया