×

नेपाल सुपर लिग- तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जित्यो

images

काठमाडौं। नेपाल सुपर लिगको तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।

शनिबार भएको फाइनल खेलमा पोखरा थण्डर्सलाई २–१ गोलले पराजित गर्दै ललितपुर दोस्रो पटक एनएसएल च्याम्पियन बनेको हो।

दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत निकाल्यो।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे। पोखराका लागि सुदिल राईले एक गोल फर्काए।

शनिबार १३ बैशाख २०८२ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया