×

माओवादीको स्थायी कमिटी बैठक जारी, अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने तयारी

images

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।  

बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी छन् ।

नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । उनलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

माओवादी केन्द्रका नेताहरुका अनुसार पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा रहेको छ। माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ।

यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ। स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ। आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने छ।

बिहीबार १२ माघ २०७९ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया