×

नारायणगढ-मुग्लिन सडकखण्ड ट्रक दुर्घटना अपडेट: ३ जनाको मृत्यु, २ घाइते

images

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो। दुर्घटनापछि फरार ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार १० मंसिर २०८१ १०:२० AM मा प्रकाशित

प्रतिक्रिया