×

प्रधानमन्त्री कार्कीको सम्बोधन- निर्वाचन तोकिएको समयमै गर्ने र भ्रष्टचारीलाई कारवाहीको प्रतिबद्धता

images

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचनमा भाग लिन सबै देशबासीलाई आव्हान गरेकी छन् ।

विहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि अपिल समेत गरेकी छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ६ महिनाको कार्यादेश पाएको सरकारले आन्दोलनको मर्म अनुसारका सबै काम गर्न सम्भव नभएको भन्दै  सकेसम्मका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले सेवाग्राहीसँग  पैसा माग्ने, नराम्रो व्यबहार गर्ने गरेको पाइएमा तिनै तहका सरकारमा उजुरीको लागि हटलाइनको व्यवस्था गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा कतिपय संबिधानमा रहेका व्यवस्था बाहिरका विषयलाई निर्वाचनमा भाग लिएर नयाँ संसदबाट संबिधान संसोधन गरेर पुरा गर्न आग्रह गरेकी छन् । साथै प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा भएका सरकारी संरचनाको पुनर्निमाण गर्न सरकारले खडा गरेको कोषमा सहयोग गर्न देश र विदेशमा रहेका सबै नेपाली नागरिकलाई आव्हान गरेकी छन् ।

उनले आन्दोलनका क्रममा भएका लुटपाट, तोडफोड, आगजनी, दमनको छानबिन गर्न आयोग गठन गरेको, आन्दोलनका क्रममा नेताहरुको घरमा भेटिएका रकमको बारेमा छानबिन शुरु भएको र विगतमा भएका भ्रष्टाचारका प्रकरण बारे पनि सरकारले छोटो सहयोगमा जानकारी हासिल गरेको र यसमा सरकारले कारवाही थाल्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको  भावना अनुसार सबै राष्ट्र सेवक  कर्मचारीलाई आफुलाई परिवर्तन गरेर सेवा दिन आग्रह गरेकी छन् । 

बिहीबार ९ असोज २०८२ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया