×

सरकार र डा.केसीबीच १० बुँदे सहमति

images

काठमाडौं । अनसनरत् डा.गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकार र  डा. केसीबीच १० बुँदे सहमति भएको हो। १० बुँदे सहमतिसँगै डा.केसीले अनशन तोडेका छन् । शनिबार डा.केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन नसकेको बताइएको छ। यस विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ।

डा.केसीले विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा.केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका थिए।

केसी तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा। लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी थिए । 

आइतबार​ ९ असोज २०७९ १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया