×

६ महिला कलाकारको ३५ थान कलाकृति 

images

काठमाडौं । ६ जना महिला कलाकारहरु आफ्ना ३५ थान कलाकृतिका साथ अरुपण आर्ट ग्यालरीमा शनिवारबाट देखिएका छन् । नियो अरुपण आर्टिष्ट ग्रुपका सञ्जु प्रधान, रीता खनाल, कोमल श्रेष्ठ, सुन्दरमाला बैठा, गंगा अधिकारी र खुसी मास्केका कलाकृति प्रदर्शनीमा राखिएका छन् । 

प्राज्ञ रमेश खनालसंग विगत २ वर्ष देखि कला सिक्दै आउनु भएका कलाकारहरुले प्रदर्शनीमा हिमाली दृष्यका साथै मुहार चित्रण, स्थिर वस्तु चित्रण, समसामयिक र मिथिला चित्रहरु प्रदर्शनीमा राखिएको छ । यसका साथमा मठ मन्दिर, र गणेश कृष्ण आदि देवी देवताका चित्रहरु समेत प्रदर्शीत छन् । प्रदर्शनीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले उद्घाटन गर्दै ‘ कलाकारहरुको कला माँझिदै गएकोमा प्रसन्नता व्यक्त गरे । 

कार्यक्रममा केशवराज खनालले प्रदर्शीत कलाकृतिको समिक्षात्मक टिप्पणी गर्दै आगामी दिनमा कलाकारले कुनै एक विषयमा साधनारत रहदै एकल कला प्रदर्शनीको गर्न सक्ने क्षमता कलाकारमा रहेको औल्याए । आफ्नो शैली र नेपाली विषयलाई पनि कलाकारले कलाको विषय बनाएकोमा सन्तोष मिलेको बताए ।

प्राज्ञ रमेश खनालले २ वर्षको अन्तरालमा विद्यार्थीहरुले राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा श्रीमती रीता खनाल सञ्जु मास्के, जंग पहाडी लगायतले मन्तव्य राखेका थिए । प्रदर्शनी भदौ २१ गते सम्म संचालनमा रहने आयोजकले जनाएको छ ।
 

बिहीबार ९ भदौ २०७९ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया