×
images

कोरोना सङ्क्रमणबाट एक जनाको निधन, ५६८ सङ्क्रमित


कोरोना भाइरसको सङक्रमणले आज एक जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको जनाइएको छ । 

यस्तै आज चार हजार ८०० परीक्षणमध्ये आज ५६८  जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ ।  

त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । 

काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । 

शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ्, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् । 

अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष ९आईसीयू०मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । 

यसैगरी  विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

सोमबार ९ साउन २०७९ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया