×

पाँच प्रदेशमा वर्षा, तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना

images


काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक

देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भूभागहरुका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मङ्गलबार १२ बैशाख २०८० ०९:३७ AM मा प्रकाशित

प्रतिक्रिया