×

प्रधानमन्त्री देउवा बालकोटमा

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष  ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन । 

images

लामो विवाद र छलफलपछि निष्कर्षको बाटोमा एमसिसी   ( यस्तो छ घटनाक्रम )

प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने...

दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्‍बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।  

images

ओलीले भने- वैशाख ३० मा पाँचै दलसँग भिड्छौं, सात दिन नउठ्ने गरी पछार्छौं

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा सं...


उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् । यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् । 

शुक्रबार​ १३ फागुन २०७८ ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया