×

न्यौपानेको घरको शिक्षा यही साता बजारमा 

images

काठमाडौ- लेखक तथा पत्रकार दामोदर न्यौपानेको कृति घरको शिक्षा: संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ अर्काे साता बजारमा आउने भएको छ । लालनपालन, शिक्षा र सिकाइमा केन्द्रित यो पुस्तक साग्रिला बुक्सले बजारमा ल्याएको हो । शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरिए पनि पुस्तक खासगरी अभिभावक शिक्षामा केन्द्रित भएको लेखक न्यौपानेले जानकारी दिए । 

‘कसरी लालनपालन गर्ने भनेर अभिभावक शिक्षा दिइएको छैन । अभिभावक शिक्षा दिने किताब पनि पर्याप्त छैनन्,’ लेखक न्यौपानेले भने, ‘अनि कसरी हुर्काउने मनोवैज्ञानिक तरिकाले ? अभिभावक समस्यामा छन् । त्यही अभाव पूरा गर्न यो पुस्तक लेखेको हु“ ।’ पुस्तक उत्तरबाल्य अवस्थाको बालबालिकाको मनोविज्ञानमा केन्द्रित भएको न्यौपानेले जानकारी दिए । ‘प्रारम्भिक बाल्यअवस्थामा लालनपालनका सुत्र समेटेको पुस्तक स्कुल बेच्ने बालक लेखेको थिए“, न्यौपानेले भने, ‘त्यसैको अर्काे श्रृखला हो घरको शिक्षा । यो उत्तरबाल्यअवस्थामा केन्द्रित छ ।’

पुस्तकमा बालव्यवहारको सुक्ष्म अध्ययन गरिएर केही निचोड निकालेको न्यौपानेले बताए । व्यवहार बुझ्न प्राकृतिक रुपमा अवलोन गरिएको उनले जानकारी दिए । ‘व्यक्तिलाई कुनै जानकारी नदिइ गरिने अवलोकन नै प्राकृतिक अवलोकन हो,’ न्यौपानेले भने, ‘बालबालिकाले थाहै नपाउने गरि प्राकृति रुपमा गरिएको अध्ययनको निचोड हो यो पुस्तक ।

बालमैत्री व्यवहार कसरी गर्ने भनेर अध्ययन गर्दा गर्दै यो पुस्तक तयार गरेको हो । यो पुस्तकले नेपाली समाजमा बेग्लै बहस गराउने छ ।’ पुस्तकमा संस्कारयुक्त व्यवहार, लालनपालनका मनोवैज्ञानिक विधि र सिकाइ शैलीका सुत्र भेटिने न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार पुस्तक शिक्ष, विद्यार्थी, अभिभावक, नीति निर्मातालाई उपयोगी छ ।

सिन्धुपाल्चोक ठोकर्पाका न्यौपानेको यो नवौं पुस्तक हो । यस अघि एम्बुसमा ६ वर्ष, कर्म-  सिकाइमा गहिरिएको खाडल, स्वर्णिम समय, ट्यालेन्ट शो, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइ“, दास प्रथाको नया रुप जस्ता पुस्तक प्रकाशित छन् । 

बुधबार ११ माघ २०७९ ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया