×

वागमतीमा मन्त्रीको भागबण्डा मिल्यो, माओवादीले पनि टुंग्यायो तीन मन्त्री

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट हुने मन्त्री बन्नेहरूको नाम टुंग्याएको छ । प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका एक सांसदले जानकारी दिए ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामजिक विकास मन्त्रालय पाउने भएका छन् । गठबन्धनमा माओवादीलाई थप ४, एमालेलाई ४ र राप्रपालाई थप १ मन्त्री पाउने गरी निर्णय भएको थियो । मुख्यमन्त्री शालिकराम जम्कटेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् । 

मुख्यमन्त्री जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।   

बुधबार ११ माघ २०७९ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया