×

साउदी लगानीमा न्युकासलको स्वपनिल यात्रा

images

लन्डन । युरोपका क्लबमा विदेशी लगानीले कति धेरै फरक पार्छ, त्यसको अर्को उदाहरण बनेको छ, न्युकासल युनाइटेड । साउदी अरेबियाको लगानी भित्रिएयता न्युकासल युनाइटेड मंगलबार पहिलो कप फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । जोलिनटनले ७३ औं मिनेटमा गरेको गोलको मदतले न्युकासलल लिगकप सेमिफाइनलका पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले हरायो ।

न्युकासलको यो ‘अवे’ जित हो । अब सेन्ट जेम्स पार्कमा अर्को साता दोस्रो लेगको खेल हुनेछ । यस सिजन न्युकासलले आफ्नो घरेलु मैदानमा कुनै पनि खेल गुमाएको छैन् । त्यति मात्र होइन्, एक गोलले पछाडि रहेको स्थिति उल्टाउन साउथह्याम्पटनले इंग्लिस फुटबलमा अहिलेको सबैभन्दा बलियो रक्षापंक्तिलाई एक भन्दा बढी अवसरमा तोड्नु पर्नेछ ।

न्युकासलले पछिल्ला १२ खेलमध्ये ११ मा क्लिन सिट राखेको छ । साउदी अरेबियाले १८ महिना अगाडि न्युकासलको स्वामित्व किनेको थियो र लगतै व्यवस्थापकमा एडी होलाई अनुबन्ध गरेको थियो । त्यसयता टिमको प्रदर्शनमा धेरै सुधार आएको छ र उसले अर्को सिजनका युरोपेली च्याम्पियनस लिगमा छनोटका लागि पनि बलियो चुनौती पेस गरिरहेको छ । 
 

बुधबार ११ माघ २०७९ ०५:१७ PM मा प्रकाशित

प्रतिक्रिया