×

बिश्व च्याम्पियनलाई सदस्य सचिवद्वारा स्वागत

images

ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडी द्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई आज मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई प्रदान गरे । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे ।

दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ बर्ष माथीको समूहमा भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाइ फाईनलमा पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । यो टेबल टेनिसमा ऐतिहासिक सफलता रहेको दुलालले जानकारी गराए ।

च्याम्पियनसिपमा दुलाल र मानन्धरका अलावा संजय अर्याल, प्रकास बहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको समेत सहभागिता रहेको थियो । नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र त्यहास्थित नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
 

बुधबार ११ माघ २०७९ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया