दोहा । विश्वकप २०२२ मा बुधबार दुई ठूला टिमले फरक जित निकालेका छन् । मध्यरातमा भएको खेलमा बेल्जियमले क्यानाडालाई १–० को झिनो अन्तरले हरायो ।
यस जितका लागि बेल्जियमले कडा संघर्ष गरेको थियो । त्यसमा मिसी बात्सुयीले ४४ औं मिनेटमा निर्णायक गोल गरे र यससँगै टिम विजयी सुरुआत लिन सफल रह्यो ।
स्पेन भने कोस्टारिकाविरुद्ध सजिलै ७–० ले विजयी रह्यो र यो भने एकपक्षीय जित रह्यो । स्पेनले विश्वकप इतिहासमै सात गोलको जित निकालेको यो पहिलो पल्ट हो ।
त्यसमा फेरान टोरेसले दुई गोल गरे भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोले र अल्भारो मोरेटाले एक/एक गोल गरे ।
त्यस अगाडि जापानले जर्मनीमाथि २–१ को शानदार जित निकालेको थियो । जर्मनीले इल्के गुन्डोगनको गोलले सुरुमा अग्रता लिएयता जापानका तर्फबाट रित्नु दोन र ताकुमा असानोले गोल गरे ।
दिनको पहिलो खेलमा भने क्रोएसिया र मेक्सिकोले गोलरहित बराबरीसँगै एक एक अंकमा चित्त बुझाए ।
प्रतिक्रिया