काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले कार्तिक ३० गतेभित्र सबै योग्य नेपाली नागरिकलार्य मतदाता नामावलीमा नाम दर्ता गराउन पहल गर्न आग्रह गरेका छन् । उनीहरुले एक परिपत्र जारी गरी पार्टी पँक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि छठलगत्तै त्यस काममा लाग्न भनेका हुन् ।
उनीहरुले पार्टीको जारी केन्द्रीय समितिको बैठकले नवीन राजनीतिक सन्दर्भमा उपयुक्त निर्णय गर्ने गर्ने भन्दै २१ फागुनको लागि तय भएको निर्वाचनको तयारीमा जुट्न भनेका छन् ।
प्रतिक्रिया