×

दुई पुस्तक संयुक्त रुपमा बिमोचित

images

काठमाडौं । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा.युवराज संग्रौलाद्वारा लिखित कृति “एकादेशका बाँदर” तथा नेपाल सरकारका पूर्व गृहसचिव एवम् लोक सेवा आयोगका पूर्व सदस्य डा. गोविन्दप्रसाद कुसुमद्वारा लिखित उपन्यास “पर्खाल” को संयुक्त रूपमा भाद्र ६ गते वानेश्वरमा आयोजित एउटा कार्यक्रमका बिच विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

लेखक संग्रौला वरिष्ठ अधवक्ता समेत हुन । उनले कानूनका पुस्तकका अतिरिक्त साहित्यिक क्षेत्रमा समेत पुस्तकहरू लेख्दै आएका छन्। “साउथ एसिया चीन भू राजनीति” को अंग्रेजी तथा नेपाली दुवै संस्करण, गोर्खा ब्रिगेड, उपनिवेशदेखि उपनिवेशको यात्रा लगायतका वहाँका पुस्तकहरू चर्चित रहेका छन् । एकादेशका बाँदर पुस्तकमा डा.संग्रौलाले बिम्बहरूको प्रयोग गर्दै पात्रहरूमा विभिन्न चरित्रका बाँदरहरूको प्रयोग गरी नेपाली राजनीतिमा व्यङ्ग्यात्मक शैलीमा कलम चलाएका छन् ।

“पुस्तकमा प्रयोग गरिएको बाटिकाले पक्कै नेपाललाई जनाउँछ, बाँदर चरित्रले व्यक्ति तथा राजनीतिज्ञलाई जनाउँछ र अन्त्यमा बाँदरहरूले बिगारेको बाटिकालाई बनाउन सकिन्छ भन्ने सन्देश पुस्तकमा दिन खोज्नु भएको छ”, एकजना पाठकले भने ।

यस्तै डा.कुसुमद्वारा लिखित “पर्खाल” उपन्यास दाङ् जिल्लाको सेरोफेरोमा लेखिएको छ भने त्यहाँका समस्याहरूका बारेमा पुस्तकमा औल्याईएको छ । यसअघि डा.कुसुमद्वारा लिखित “प्रशासन भित्रको प्रशासन”समेत पाठकहरूले निकै रुचाएको पुस्तक मध्य पर्छ ।

उक्त दुवै पुस्तक लेक्स एण्ड जुरीस पब्लिकेशन प्रा.लि. ले प्रकाशन गरेको हो । कार्यक्रममा उक्त पुस्तकहरू उपर भाषा आयोगका सदस्य डा.अमर गिरी, प्रा.डा.रमेश भट्टराई, साहित्यकार विन्दु अधिकारी ढकाल, कानून अध्ययनरत विद्यार्थीहरू चन्द्र शेखर केसी र निशा खत्रीले समीक्षा गरेका थिए ।
 

बुधबार ८ भदौ २०७९ ०७:२९ AM मा प्रकाशित

प्रतिक्रिया