×

मनाङमा गठबन्धनका दुई दलबीच भागबण्डा टुङ्गियो

images

सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो । 

दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ ।

आइतबार​ ११ बैशाख २०७९ ११:५२ PM मा प्रकाशित

प्रतिक्रिया