×

धर्म र मानिस

images

काठमाडौं। मानिसहरू विभिन्न कारणहरूले गर्दा आफ्नो भन्दा  फरक धर्ममा परिवर्तन गर्छन्, जस्तै आफ्नो विश्वासमा परिवर्तनको कारण, स्वतन्त्र रूपमा अनुसन्धान गरी रूपान्तरण, सुविधाको लागि धर्मान्तरण, वैवाहिक रूपान्तरण, गरिवीको कारण र जबरजस्ती धर्म परिवर्तन ईत्यादि हुन ।


यी कारणहरू मध्ये नेपालमा गरिवीको कारण र जबरजस्ती धर्म परिवर्तनको संख्या उच्च देखिएका छन् । हरेक मानिसलाई कुन धर्म मान्ने भन्ने अधिकार सबैलाई हुन्छ ।

आजकल हाम्रो समाजमा प्रलोभन देखाएर वा जबर्जस्ती अरूलाई आफ्नो धर्ममा प्रवेश  गराउने व्यक्ति धेरै देखिन थालेका छन्। केही नबुझी अरूको लहैलहैमा आएर वा आफ्नो स्वार्थपुर्ति को निमित्त आफ्नो धर्मलाई त्यागी अन्य धर्ममा लाग्ने मानिसहरु पनि प्रसस्तै पाईन्छ  ।

त्यससैगरी चाहना पुरा नभएको खण्डमा धर्मलाई दोष दिने व्यक्ति पनि आजभोलि समाजमा बड्दै गईरहेका छन्।यस्ता किसिमको व्यक्तिले आफु मात्र नभई आफ्नो घर परिवार , छरछिमेक र समाजमा नराम्रो प्रभाव पारीरहेको छ।

आफ्नो सफलता वा हानी नोक्सानी हुनुको कारण धर्म र देवी देवतालाई दिनुनै धर्म नबुझ्नुको पहिलो सङ्केत हो। साँचै भन्नुपर्दा आफ्नो जीवनलाई कुन दिशातिर लैजाने भन्ने कुरा आफ्नै कर्म र मिहेनतलाई भर पर्छ। दोष पनि आफ्नै कर्मलाई दिनु उचित होला । काम नगर्ने वा जति गरेपनि जीवनमा सफल भएन भनेर धर्मलाई गाली गर्नु गलत हो।

धर्म कुनै ईच्छा चाहना पुरा गर्ने माध्यम होईन। धर्मको माध्यमबाट आध्यात्मिक बिकास हुनुपर्छ भौतिक बिकास होईन । धर्म र कर्म भनेको दुई फरक चिज हुन्। धर्म र कर्मको फरक बुझ्न आवश्यक छ।

हामी भगवान् देवी देवतालाई फलफुल, दुध इत्यादि चढाउछन् र त्यसबापत ईच्छा पुरा गरिदिनु भनेर शर्त राख्छन् । कुनै वस्तु चढ़ाएर त्यसबापत आशा राख्नु देवी देउता र धर्मप्रति आस्था होईन त्यो एक प्रकारको व्यापार हो।

शुद्ध मनले आफ्नो धर्मलाई पुर्ण बिश्वासका साथ दैनिक दिनचर्यामा लगनशीलताका साथ कर्म गरे जुनै धर्म पालन गरे पनि साथ र सहयोग मिल्छ र फलिफाप अवस्य हुन्छ।

                                               

                                               आचार्य पासङ वाङ्दु

सोमबार ११ बैशाख २०८० ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया