×

एमालेकाे अडान कायमै, संसद्‍मा आज पनि अवरोध गर्ने

images

काठमाडौं । प्रतिनिधिसभा संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राख्ने भएको छ।

अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बिहीवार दिउँसो १ बजे बस्ने बैठकमा पनि अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

‘हाम्रो माग उहाँहरूले पूरा गर्नुभएको छैन‚’ उनले भने‚ ‘मागको सम्बोधन नभएसम्म हाम्रो अडान यथावत् रहन्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संसद खुलाउनदेखि एमसिसीमा सहयोग समेत आग्रह गरिसकेका छन्। तर, एमालेले माधव नेपालसहित १४ सांसद कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन नभएसम्म कुनै विषयमा छलफल नगर्ने अडान राखेको छ।

बिहीबार १२ फागुन २०७८ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया