×

लसुनका फाइदा

images

काठमाडौ । १०-माघ/ लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ ।

लसुनका सामान्य लाभ
आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ। यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ। महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ। गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ।

लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ।

उच्च रक्तचाप
उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ। यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ।

ग्यास्ट्रिक
पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ।
चिलाउने समस्या
– सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ।
– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ।

बच्चाको रुघाखोकी

लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने। उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने। निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ। यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ।

जोर्नी दुखाई र सुन्निनेमा

एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने। पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने। यो तेल दिनको ३र४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ।
अपच
खानासँगै ३र४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ ।

मङ्गलबार १० माघ २०७९ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया