×

संसद भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

images

काठमाडौं ।  संघीय संसद भवन अगाडि एक जनाले आफैंमाथि आगो लगाएका छन् । मंगलबार दिउँसो बानेश्वरको मुख्य सडकमा नै ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । ती पुरुषलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेको छ । आत्मदाह गर्ने पुरुष इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्य रहेकाे खुलेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्कनुसाथ आचार्यले आत्मदाहकाे प्रयास गरेका हुन् ।

 

मङ्गलबार १० माघ २०७९ ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया