काठमाडौ । आम निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि ५० हजार मत कटाएको छ । राप्रपाले ५७ हजार ८८१ मत प्राप्त गर्दा कांग्रेस र एमालेले २ लाख मत कटाएका छन् ।
पहिलो स्थानमा रहेको एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ भने कांग्रेसले २ लाख १९ हजार ९०५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख २२ हजार २९४ मत, माओवादी केन्द्रले १ लाख ७०८ मत प्राप्त गरेको छ ।
यस्तै जसपाले १८ हजार, जनमत पार्टीले १७ हजार, नेमकिपाले १६ हजार, नेकपा एकीकृत समाजवादी पार्टीले १३ हजार र नागरिक उन्मुक्ति पार्टीले ११ हजार मत कटाएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया