×

जुम्लामा ज्ञानेन्द्र शाहीको २३ हजार ८२९ मत गन्दा शाहीले १२ हजार ५१५  मत प्राप्त गरेका छन् ।

images

काठमाडौ । जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन् । २३ हजार ८२९ मत गन्दा शाहीले १२ हजार ५१५  मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ६ हजार ९८ मत  प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले २ हजार ९६० मत प्राप्त गरेका छन् भने नेमकिपाका डिल्ली काफलेले ६७६ मत प्राप्त गरेका छन् । 

बुधबार ७ मंसिर २०७९ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया