काठमाडौ । उदयपुर क्षेत्र नम्बर २ ‘क’बाट माओवादी केन्द्रका नारायणबहादुर मगर ३५ मत अन्तरले निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी मगरले एमालेका देवराज राई झिनो मत अन्तरले पराजित गरेका हुन् । मगरले ८ हजार १०५ मत ल्याएर विजयी भएका छन् भने एमालेका ८ हजार ७० मत ल्याएका छन् ।
यस्तै प्रदेश सभा ‘ख’ कांग्रेसका रामकुमार खत्री एमालेका जिवननाथ दाहाललाई पछि पारेका छन् । यद्यपि नजिता भने आइसकेको छैन ।
प्रतिक्रिया