×

अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

images

दोहा । डिफेन्डिङ च्याम्पियन फ्रान्सले मंगलबार विश्वकप २०२२ मा विजयी सुरुआत लिएको छ । उसले समूह ‘डी’ मा फ्रान्सले अष्ट्रेलियालाई ४–१ ले हराएको हो । त्यस जितमा ओलिभर जिरोडले दुई गोल गरे भने एड्रिन राबिओ र केयलिन एमबापेले एक एक गोल गरे ।

अष्ट्रेलियाका तर्फबाट क्रेग गुडविनले एक गोल फर्काए । पछिल्लो विश्वकपको पहिलो खेलमा पनि फ्रान्सले अष्ट्रेलियालाई नै हराएको हो । त्यस अगाडि समूह ‘सी’ को खेलमा पोल्यान्ड र मेक्सिकोले गोलरहित बराबरी खेले र एक एक अंकमा चित्त बुझाए । 


पोल्यान्डका लागि कप्तान रोबर्ट लेवनडोस्की पेनाल्टीमा गोल गर्न चुक्नु महँगो सावित भयो । यसै समूह साउदी अरेबिया शीर्ष स्थानमा छ र त्यस पछाडि पोल्यान्ड तथा मेक्सिको छन् । अर्जेन्टिना भने पुछारमा रहेको छ । 
मंगलबारको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले पनि गोलरहित बराबरी खेलेका हुन् । 

बुधबार ७ मंसिर २०७९ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया