काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई उछिन्दै अग्रता बनाएका छन् । ताप्लेजुङमा प्रतिनिधिसभा अन्तरगतको मतगणनामा भट्टराईले २१ हजार ३८७ मत ल्याएका हुन् ।
उनलाई २१ हजार १९९ मत ल्याएर नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले पछ्याइरहेका छन् । दुईबीच १८८ मतको अन्तर रहेको छ । ४८ हजार ३७२ मत खसेकोमा ४७ हजार ३ मत गनिसकिएको छ । अब १ हजार ३६९ मत गन्न बाँकी रहेको छ
प्रतिक्रिया