×

सप्तरी २ मा मतगणना पुन: सुरु

images

काठमाडौ ।  सप्तरी–२ मा हिजो रोकिएको मतगणना पुनः सुरु भएको छ । 

मतपेटिकामा लगाइएको सिलको नम्बर नमिलेपछि जनता समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले हिजो मध्यरातिदेखि मतगणना स्थगित गराएका थिए । 


मतपेटिकामा लगाइएको सीलको नम्बरमाथि छानविन गरेको थियो । छानविनमा निर्वाचन कार्यालयको प्रतिनिधि र दलका प्रतिनिधिले टिपोट गरेको नम्बर फरक फरक रहेको कारण त्यस्तो देखिएको थियो । 


सीलमा लगाइएको नम्बर निर्वाचन कार्यालयको प्रतिनिधिले सही टिपेका थिए तर दलका नेताहरुले नै मिस्टेक टिपेका थिए । दलका प्रतिनिधिले टिपेको नम्बरसँग सीलको नम्बर नमिलेपछि विवाद उत्पन्न भएको थियो । 

आज विहान सबै छानविन गरी त्यसमा सबै दलले सहमति जनाएपछि मतगणना सुरु भएको जसपा नेपाल सप्तरीले जनाएको छ । यहाँ जनमत पार्टीका सिके राउतले जसपाका उपेन्द्र यादवको तुलनामा दोब्बर बढी मत ल्याएका छन्।

बुधबार ७ मंसिर २०७९ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया